कविताः एउटा सेतो कागज - क्षितिज






एउटा सेतो कागज,जो चाहन्छ दुनियाँ उ जस्तै सफेद होस्

निष्कलङ्क र बेदाग भएर उ स्वच्छ कलमद्वारा आफूमाथि लेखाउन चाहन्छ देश बदल्ने कथा

 

तर अफसोस रगत र काला धूवाँले लत्पतिएका कलमहरूले

उ माथि आफूखुसी बनाउछन् सूर्य र ताराका बिम्बहरू

 

तारा चम्किँदा उ माथि जबर्जस्ती बनाइन्छ सूर्य 

घाम चर्किदा उ माथि जबर्जस्ती बनाइन्छ तारा

र खबर फैलाइन्छ कि उ समय भन्दा उल्टो छ

 


आफूमाथि लागेका दागहरू मेटाउदै जब उ तङ्ग्रिएर सफा हुन्छ

फेरी रङ र भातका जुठोहरू पुछिन्छ टिस्यु बनाएर उ माथि

 

तर उ स्वच्छ र सफेद छ र चाहिरहन्छ सफा नै हुन

यसरी सफा हुन आफै माथि लागेका दागहरू मेट्दा मेट्दै उ आफू च्यातिन नपाओस्

र अधुरो नहोस् देश बदल्ने कथा ....

 

 


1 comment: