सम्झनामा रामनाथ


तराईको चहकिलो चैते घाम त्यसमाथि जनआन्दोलन २ (०६२-६३) को गर्मी माहोल तात्तातो थियो  स्थान रूपन्देही भैरहवा। त्यहीबेला को कुनै दिन ,निरन्तर जस्तै तमाम मान्छे आन्दोलनको केन्द्रबिन्दु बुद्धचोकमा जम्मा भएका थिए।  सँधै जस्तो म पनि त्यही सामिल थिए।  एउटा १२ वर्षे केटो को दिमागमा राजनीतिक परिवर्तन , राजाका कु खासै घुस्दैन थियो ,तर पनि त्यी दिनहरू मा म घर भन्दा चोकतिरै बढी रमाउँथे। अर्कै माहोल थियो त्यस ताका।  कता बाट यत्रा मान्छे आएका होलान् सोच्थे।  आन्दोलन सँगसँगै बुद्धचोक मा आमसभा हरू नि टन्न हुन्थे, अहिलेका मन्त्री, सभासद हरू सामान्य पोसाक मा लुत्रुक्क ड्यास मा बसेर राजसंस्था र राजालाई गाली गर्थे। ज्ञानै चोरका नारा लगाउँथे।


मान्छे हरू त्यसैमा ताली बजाएर समर्थन जनाउदै नेतालाई हौसला दिन्थे। तर मलाई त्यस्ता भाषण मा चाहिँ रौस लाग्दैन थियो।  एक दिन अलि युवा युवा देखिने मान्छे आन्दोलन को नेतृत्व गर्न भैरहवा पुगेका रहेछन्,सदा जस्तै आन्दोलन बुद्धचोक मा पुगेर सकियो।  अब भाषण गर्ने क्रम सुरु भयो ,२-३ जना बोलेपछि त्यी मान्छे को बोल्ने पालो आयो। श्याम वर्ण का त्यी व्यक्ति बोल्न थालेपछी सबै चुप्प लगेर सुन्न थाले र वाक्यको अन्त्यमा ताली जोडले बजाउन थाले।  अलि फरक मानव शैली ले गर्दा मेरो कान नि तिनै मान्छे का आवाज तिर सोझिए। उनीले अरु जस्तो गाली गरेनन् बरु बडा मिठा तर्क हरू दिए जो त्यस दिन सम्म त्यहाँ सुनिएकै थिएन। उनका कुरामै सबै डुबेका थिए।  को रैछन् उनी भन्ने जिज्ञासा मलाई उनी बोल्दा बोल्दै लाग्यो , छेउका दाइलाई सोधे अहिले उता सुन पछि भनौँला भनेर दाइ तर्किए।  आफूलाई झन् झन् उत्सुकता बढिरहेको थियो  उनले आन्दोलनका ए टु जेड सबै भन्दिए जस्तो लग्यो मलाई र म जस्ता हावातालमा आन्दोलन मा गएका र आन्दोलनमा गएर नि सबै कुरा नबुझेका लाई बाटो छर्लङ्ग देखाए उनले।  मन्तव्य सकियो ,उद्‌घोषक बोले धन्यवाद एमाले नेता रामनाथ ढकाल ज्यू।  त्यसरी न अरुले भाषण सुनेको देख्या थिए मैले न आफै त्यति रुचिपुर्बक सुन्यथिए। ओशोले भनेको थिए "जब तिमी आफ्ना कुरा सुन्नेलाई सजिब मानेर आफ्ना कुरा सुनाउछौ तब मात्र तिम्रो कुरा उसको भित्र सम्म पुग्छ" त्यस ताका का रामनाथ का प्रखर कुराकानी मलाई भित्रै सम्म पुगेको अनुभूति हुन्थ्यो त्यस दिन पछि जब जब रामनाथ भैरहवा आए मान्छे हरू त्यसै गरि सुन्न आउथे।  १९ दिन मा रात र कर्फु को समय बाहेक मा त्यही ठाउँ मा बसेर कुरा सुने, कति नेता आए , तर त्यस्ता कुरा त्यसरी अरु कसैले सुनाएन।  उनी अझै जिम्बेबार पद मा पुगेर देश को लागि केहि गरेको हेर्ने मन थियो ,जसरि उनी संसदीय समिति सभापति र सभासद हुदा गर्न सके गरे तर त्यो चाहना सदैको लागि बिदा भयो तर म र तमाम मान्छे को लागि उनी अमर रहनेछन्।  यो मरण पछि जबर्जस्ति रचिएको गान हैन रामनाथले म भित्र बनाएको एउटा नमेटिने छाप हो।   

रामनाथ तपाई अमर हुनुहुन्छ !

No comments:

Post a Comment