राजनीति र म !



मेरो बिचारमा राजनीतिक सचेतना सबैमा हुनुपर्छराजनीतिमा म विचार र कार्यशैली दुवै हेर्दछु  म कुनै पार्टी गुठ र व्यक्तिको पुजा बा जयजयकार गर्न सक्दिन  स्वच्छ राष्ट्रबादी   सबै मा मेरो  नमन छ  म कसै को कार्यकर्ता न थिए न छु न हुन नै चाहन्छु  म कुनै पनि पार्टी को पक्ष मा लाग्न मलाई एकै कारणले रोकिरहेको हुन्छ त्यो  हो नेपाली राजनीतिको गुण्डागर्दी राज  यहाको राजनीति यस्तो  छ जहाँ मदन भण्डारीहरु मरिन्छन,बी.पी को झन्डा मुनि भ्रस्टचारीहरुलाइ देवता बनाएको हेर्नुपर्छ र बिबेकशील मान्छेलाइ  पछाडी परिन्छ,जनयुदको सिपाहीहरुलाई पाखा लगाएर अवसरबादीहरुलाई मसिहा बन्छन   अनि म कुनै बिषयगत हिसाबले मात्र कुनै दलको समर्थन या बिरोध गर्छु  कुरा सब को चिल्लो,गुलियो र मिठो नै छ काम काज सबैको एकनाश को सबै जनता झुक्याउने तिर लागेका छन्   मैले  यो गर्छु उसले सक्दैन उसले गरेको गलत मैले गरेको सहि अनि कार्यकर्ताहरु पनि अवसर को खोजीमा र गोजीमा पैसा थुपार्न नेता को पछिपछि पार्टी परिवर्तन गर्दैछन्  एक हात मा पार्टीको झन्डा अर्को हात मा मिले बन्दुक नपाए डण्डा सहितको चन्दा आतंक गुण्डागर्दी बाट कति दिन देश गुज्रियोस  भएका कल कारखाना ,शैक्षिक सस्था बन्द गरेर देश बन्ने भए म पनि राजनीतिमा लाग्छु नत्र सक्दिन अनि यसरी देश पनि बन्दैन 

समर्थन,सचेतना र संगल्नता धेरै टाढाका तिन शब्द हुन्  कुनै राम्रो कामको तारिफ गर्दैमा म कसैको अन्धभक्त होईन मलाई कुनै राजनीतिक पार्टी संग नगास्नुहोस 
 धन्यवाद  

-क्षितिज पौडेल / योर्स क्षितिज 

No comments:

Post a Comment